
काठमाडौँ । नेको इन्स्योरेन्सले संस्थापक समूहका अवितरित हकप्रद शेयरहरू बाँडफाँट गरेको छ। कम्पनीले बैशाख १२ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र प्रणालीमार्फत बिक्रीमा ल्याएको संस्थापक तर्फको हकप्रद शेयर जेठ ६ गते बाँडफाँट गरिएको हो।
कम्पनीले ४:१ अनुपातमा कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। तीमध्ये संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता शेयरमा आवेदन नपरेपछि ती शेयर शिलबन्दी बोलपत्रबाट बिक्री गरिएका हुन्।
शेयर बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। बाँडफाँटमा नपरेका शेयरहरूमा आवेदन दिनेहरूका लागि रकम फिर्ता भुक्तानी जेठ ७ गते, बुधबारदेखि सुरु हुनेछ। भुक्तानी सम्बन्धित आवेदकको फारममा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत रकमान्तर गरिनेछ।