हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनीहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको १ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरि कुल ३ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश अनुमोदन गर्न कम्पनीले पुस २१ गते १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले सो अघिसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन।