नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन अनुमति दिएको छ। बोर्डले सोमबार बैंकलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।बैंकले एक सय रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासन गर्ने छ। बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।