श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स(SIFC)ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।