प्रभु महालक्ष्मी लाइफको ८% बोनस शेयर डिम्याटमा, अब दोस्रो बजारमा कारोबार योग्य

 काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको ८ प्रतिशत बोनस शेयर शेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिसकेको छ। अब ती बोनस शेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) मा आवश्यक दर्ता प्रक्रिया पूरा गरी दोस्रो बजारमा कारोबार योग्य भएका छन्। कम्पनीको ८ औं वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो। लाभांश प्राप्तिका लागि जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरू योग्य ठहरिएका थिए।

कम्पनीका अनुसार जेठ १५ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूका बोनस शेयरहरू भने सम्बन्धित बैंक वा वित्तीय संस्थाको नाममा रोक्का गरिएको छ। बाँकी शेयरधनीहरूले भने अब आफ्नो डिम्याट खाताबाट बोनस शेयर देख्न सक्ने र सो शेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्। कम्पनीले लगानीकर्ताहरूलाई समयमै लाभांश उपलब्ध गराउन आवश्यक समन्वय गरिरहेको जनाएको छ।