काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्नका लागि आज असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम रहने शेयरधनीहरू मात्र लाभांशको हकदार हुनेछन् साथै उनीहरूले कम्पनीको आगामी साधारणसभामा भाग लिन पाउनेछन्।
कम्पनीले वार्षिक साधारणसभा असार ३० गतेका लागि बोलाएको छ। सभामा आ.व. २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३१६७९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। यो लाभांश साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ।
सभामा निम्न प्रस्तावहरू प्रस्तुत गरिने छन्:
साधारण प्रस्तावहरू:
सञ्चालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने।
लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने।
नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण।
बोनस शेयरको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने।
समूह 'ख' बाट एक जना सञ्चालकको निर्वाचन गर्ने।
संस्थापक पक्षका सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने।
विशेष प्रस्तावहरू:
१० प्रतिशत बोनस शेयर जारी गर्ने र बाँकी अंकलाई समायोजन गर्ने।
बोनसपछि पूँजी संरचना परिवर्तन अनुरूप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने।
नियमनकारी निकायबाट आवश्यक निर्देशन आएमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने।
कम्पनीको यो सभा र प्रस्तावित लाभांश लगानीकर्ताहरूका लागि महत्वपूर्ण रहनेछ।