नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.७८३ प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्दैछ। यो १०:३.४७८३ को अनुपातमा निष्काशन गरिएको हो। कुल ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर जारी गरिएको छ। इच्छुक शेयरधनीले साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

यसका लागि कम्पनीले बुक क्लोज मिति जेठ ३० गते तोकेको थियो। त्यसअनुसार, जेठ २९ गतेसम्म कायम शेयरधनी मात्र हकप्रद शेयरका लागि योग्य छन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति जेठ ७ गते प्रदान गरेको थियो। हकप्रद निष्काशनको बिक्री प्रबन्धक एनआईएम एस क्यापिटल लिमिटेड रहेको छ।