असोजमा सकिँदै क्रेस्ट माइक्रो लाइफका १ लाख  कित्ता  भन्दा बढी शेयरको लकइन अवधि

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख बढी शेयरको लकइन अवधि २०८२ असोज ५ गते पश्चात समाप्त हुने भएको छ । कम्पनीमा सामुहिक लगानी कोषहरुले धारण गरेका १ लाख १२ हजार ५ सय कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो । सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ६ महिनासम्म सामुहिक लगानी कोषहरुले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो । असोज ५ पछि भने म्युचुअल फण्डले आईपीओ निष्काशन गर्दा खरिद गरेको शेयर बिक्री गर्न सक्ने छन् ।