
एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धल लक्ष्मी सनराइज क्यापिटलले माघ ६ गते शेयर बाँडफाँड गरेको हो ।कम्पनीले मङ्सिर ११ गतेदेखि पुस १६ गतेसम्म हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा ६२.५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ९३ लाख १० हजार ६ सय ८७ कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । अब बिक्री नभएको ३ लाख २० हजार ५ सय ३३ दशमलव २२ शेयर लिलाममा आउने छ।कम्पनीले हकप्रदमा नपरेको रकम माघ ९ गतेदेखि आईपीएस मार्फत लगानीकर्ताको खातामा पठाइने उल्लेख गरेको छ।