
नेपाली जुत्ता चप्पल ब्राण्ड गोल्डस्टारले भारतीय सरकारबाट ‘इन्डियन
स्ट्याण्डर्स’ प्राप्त गरेको छ । यसअघि पनि भारतमा निकासी हुँदै आएकोमा भारतीय
सरकारले ‘ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड’ (बीआईएस) अनिवार्य गरेपछि गोल्डस्टार
जुत्ता चप्पलको निकासी रोकिएको थियो ।भारतमा गोल्डस्टारको वार्षिक
१५० करोड रुपैयाँ बराबरको बजार रहेको छ। विगतमा भारतमा गोल्डस्टारले वार्षिक ३०० करोड व्यापार
रहेको थियो ।भैरहवास्थित
उद्योगबाट जुत्ता चप्पल उत्पादन गरेर अब भारतीय
बजारमा निर्यात
हुनेछ ।