कालीमाटी बजारले आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य तोक्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार तोकिएको छ।

गोलभेँडामा नेपाली ठूलो प्रतिकिलो रु ६०, भारतीय ठूलो रु ८०, सानो (लोकल) रु ३८, सानो (टनेल) रु ५२ र सानो (भारतीय) रु ३५ तोकिएको छ। आलुमा रातो प्रतिकिलो रु ५२, भारतीय रातो रु ३८ र मुडे आलु रु ४६ कायम गरिएको छ। भारतीय सुख्खा प्याज प्रतिकिलो रु ३७, गाजर (लोकल) रु १२०, बन्दा (लोकल) रु ५० र काउली (स्थानीय) रु ८० मा कारोबार हुने छ।

यस्तै, रातो मूला रु ४५, सेतो मूला (हाइब्रिड) रु ५०, भन्टा लाम्चो रु २५, भन्टा डल्लो रु ३५, तने बोडी रु १०० र मकै बोडी रु ९० मा तोकिएको छ। घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, (हाइब्रिड) रु ८५, टाटे सिमी रु ७०, भटमास कोसा रु ९०, तीतो करेला र लौका प्रतिकिलो रु ६०–६० मा मूल्य निर्धारण भएको छ।

त्यस्तै, परबर (लोकल र तराई) प्रतिकिलो रु ८०, चिचिण्डो रु ३०, घिरौँला रु ७०, झिगुनी रु ८०, पाकेको फर्सी रु ७०, हरियो लाम्चो फर्सी रु ३०, डल्लो फर्सी रु ४०, सलगम रु ८० र भिण्डी प्रतिकिलो रु ७५ कायम गरिएको छ।