काठमाडौं उपत्यका बाहिरका भाटभटेनीको १४ वटा स्टोरमा  छुट अफर

 

देशको सबैभन्दा धरै शाखा रहेको सुपरस्टोर भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भाटभटेनीको १४ वटा स्टोरमा  छुट अफर लिएको आएको  छ

उपत्यका बाहिरका १४ वटै स्टोरमा ग्रोसरीमा ३, किचनवेयरमा ५ र कस्मेटिक्समा १० प्रतिशतको छुट दिइएको छ। त्यसैगरी, भाटभटेनीले घडी, रेडिमेड गार्मेन्ट र जुत्ताचप्पलमा १० प्रतिशत छुटको घोषणा गरेको छ भने इलेक्ट्रोनिक्स आइटममा २३ प्रतिशत छुट छ। त्यस्तै, उपत्यका बाहिरका सबै स्टोरमा आइसक्रिम र केक पेस्ट्रीमा पनि एकको खरिदमा एक थान फ्री पाइने घोषणा भाटभटेनीले गरेको छ।

देशभरि भाटभटेनीका २७ वटा स्टोर छन्। जसमध्ये १३ वटा राजधानीमा छन्। अन्य ३ वटा स्टोर निर्माणाधीन छन्।भाटभटेनीले आफ्ना देशैभरिका क्लब मेम्बर्सलाई आइतबारदेखि गिफ्ट भौचर वितरण गरिरहेको छ।