
सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार
भैरहवामा सम्पन्न भएको छ। सभामा
कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड ५५ लाख बराबरको बोनस सेयर
र ३ प्रतिशतका दरले १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय
गरेको हो।सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक
वर्ष २०८०÷८१ को
वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति र
पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ।