आज कुन विदेशी मुद्राको विनियमदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। अस्ट्रेलियन डलरपाउन्डयुरोकुवेतीबहराइन दिनारसहितका मुद्राको मूल्य पनि आज स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ। 

अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०२ पैसा छ।त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा छ।