सुनको मूल्य  तोलामा १५०० रुपैयाँले गिरावट , कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।