
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा लिएको देखिएको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार एक वर्षमा तारे होटलमा मात्र १९ लाख १२ हजार २ सय ७४ पाहुनाले आवास सुविधा लिएका छन् । ताराविहीन होटल तथा लजमा १ करोड ७७ लाख २१ हजार ९ यस ९३ पाहुनाले सेवा लिएको तथ्यांकमा देखिएको छ ।
रिसोर्टहरूमा भने ७ लाख ४२ हजार ७ सय ४८ पाहुना पुगेका छन् । होमस्टेमा ४ लाख ३६ हजार १ यस ३५ पाहुना पुगेका छन् । कार्यालयले १ साउन २०७९ देखि ३० असार २०८० सम्मको तथ्यांक आधार मानेर यो सर्वेक्षण सार्वजनिक गरेको हो ।