व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्रीमार्फत सरकारी राहत कोषमा दिए १ करोड ११ लाख
काठमाडौं- भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरोपीडितका लागि एक करोड रूपैयाँभन्दा बढी रकम सहयोग  गरेका छन्।अध्यक्ष गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पछिल्लो अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले प्रभावित बनेकाहरुको उद्धार र राहतका लागि सरकारी राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका हुन्।

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर जनधनको ठूलो क्षति भएको छ। अर्बौँ रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको अध्यक्ष गुरुङले बताए।भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।