राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असोज १३ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।
पछिल्लाे समय बैंकहरुमा अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जाको माग अझै बढ्न सकेको छैन। यसले गर्दा केन्द्रीय बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।