
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ७.७५ अंकले घटेर २,६९८.२८ विन्दुमा अडिएको छ।
लगातारको उतारचढावबीच परिसूचकमा आज केही गिरावट देखिए पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ। आज कूल २ करोड १२ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से विवरण अनुसार, आज ११२ वटा कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने १३३ वटा कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ।
आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र युनिभर्सल पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, कारोबार रकमको हिसाबले सबैभन्दा अगाडि ङादी ग्रुप पावर लिमिटेड रहेको छ। सो कम्पनीको मात्रै ५३ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
नेप्से परिसूचक ओरालो लागे पनि केही कम्पनीका शेयरहरूमा सकारात्मक माहोल देखिएको छ भने लगानीकर्ताहरू बजारको आगामी गतिप्रति उत्सुक देखिन्छन्।