प्रि ओपन सेसन : नेप्से करिब साढे ३४ अंक घट्यो

 बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३४ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.३० अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा १६८ स्टकको ७५२ पटकको कारोबारमा ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ३० हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।