काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरेको हो।
यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता, अर्थात १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्काशन गरेको छ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद असोज ८ गतेसम्म रहनेछ।