सिडिएससीको प्रणाली सञ्चालनमा अवरोध, सेवा प्रभावित

काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्द हुने भएको छ । सेवा सञ्चालनका लागि प्रयोग गरिरएको प्राईमरी डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएको बताउँदै सिडिएससीले समस्या समाधन नहुँदासम्म सेवा बन्द रहने जनाएको हो ।

‘यस लि. को सेवा सञ्चालनका लागि प्रयोग गरिरएको विद्युत आपुर्तीमा समस्या देखिएकोले उक्त डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएकोले उक्त डाटा सेन्टरमा विद्युत आपुर्तीको समस्या समाधन नहुँदासम्म यस सिडिएससिका सम्पुर्ण सेवा हरू बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ’ सिडिएससीले भनेको छ ।