काठमाडौँ। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.०८ अंक बढेर २८२९.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.३२ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २४२ पटकको कारोबारमा ९ करोड ५४ लाख ४९ हजार २१ रुपैयाँ ४० पैसाबराबरको १ लाख ३० हजार ८०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।