मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ५७.९९ अंक घटेर २६३९.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक बढेर २६४०.११ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २५ स्टकको ३१ पटकको कारोबारमा ६ लाख ६९ हजार १४ रुपैयाँ २० पैसाबराबरको १ हजार ५०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।