मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनिहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारणसभा आव्हान गरेको छ। 

हाइड्रोपावरको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनिहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीले प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न आफ्नो ११ औँ वार्षिक साधारणसभासमेत आव्हान गरेको छ। हाइड्रोपावरको साधारणसभा आगामी मंसिर ७ गते काठमाडौं लाजिम्पाटस्थित नेपाली चुलोमा बिहान ८ बजेदेखि सुरु हुनेछ।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १२५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने लघाएतका प्रस्ताव पारित गर्नेछ। 

साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ मन्दाकिनी हाइड्रोपावरले कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कात्तिक २७ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन्।