सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनिहरुमा बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १३ दशमलव ७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतनगद गरि कुल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।