बलेफी हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।