कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि अर्थात् असोज १५ गते बुक क्लोज गर्ने भएकोले आज असोज १४ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा काठमाडौंस्थित लिसारा रिसेप्सनमा आगामी असोज ३० गते बिहान साढे १० बजेका लागि आव्हान गरेको छ ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफादेखि कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरि कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।