साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८५ अंक घटेर २४८३.९१ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ६५ हजार ६०८ रुपैयाँ ५० पैसाबराबरको १८ हजार ११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।