अपी पावरको लाभांश विद्युत नियमन आयोगबाट अस्वीकृत

अपी पावरले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट अस्वीकृत भएको छ। 

अपी पावरले कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजारमूल्यमा प्रस्तुत गरेको र सो बजारमूल्य थपघटलाई नाफा–नोक्सान हिसाब अथवा विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भएबमोजिम लाभांश वितरण गर्ने प्रस्ताव गरेतापनि आयोगले यस्तो कार्यलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०)ले बर्जित गरेको हुँदा लाभांश स्वीकृति दिन नमिल्ने भन्दै अस्वीकृत गरेको छ। 

कम्पनीको गत भदौ ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलव ४७३७ प्रतिशत नगद गरि कुल ९ दशमलव ४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।