सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा देखि आफ्ना कम्पनीका शेयरधनीहरुमा बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ० दशमलव २६३ प्रतिशत नगद गरि कुल ५ दशमलव २६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीले प्रस्तावित लाभांश पारित गर्ने, हकप्रद शेयर जारी गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नका लागि साधारणसभा समेत आव्हान गरेको छ। 

सुपर मादी हाइड्रोपावरको साधारणसभा आगामी कात्तिक ५ गते होटल इम्पेरियल बत्तीसपुतलीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १६ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।