काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको कम्पनी सचिवमा कान्त श्रेष्ठ नियुक्त भएका छन् । 

कम्पनी सचिव जयन्तकुमार रेग्मीले पदबाट राजीनामा दिएपछि कम्पनीले रिक्त पदमा सहायक प्रबन्धक (वित्त) रहेका श्रेष्ठलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ । 

कम्पनी सञ्चालक समितिको मंगलवार (आज) बसेको बैठकले आजैबाट लागू हुने गरी उनलाई सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै बैठकले यसअघिका कम्पनी सचिव रेग्मीको राजीनामासमेत स्वीकृत गरेको छ ।