काठमाडौं । गोर्खाज फाइनान्सको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको शेयर ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये ४४ लाख २६ हजार ७६८ दशमलव ३८ कित्ता र सर्वसाधारणको शेयर ४९ प्रतिशत अर्थात् ४२ लाख ५३ हजार १६९ दशमलव ६२ कित्ता कायम भएको छ । 

कम्पनीको गत चैत २ गते सम्पन्न वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर थियो ।