गुराँस लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डासहित कम्पनीको नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

लघुवित्तको वार्षिक साधारणसभा असोज २९ गते होटल कान्जिरोवा धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

साधारणसभामा प्रस्तावित लाभांश पारित गर्ने, अन्य लघुवित्तसँग मर्जरमा जाने, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफादेखि हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशलमव ७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १५ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनि हरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन सक्नेछन्।