साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।सोमबार नेप्से परिसूचक ५९.०२ अंक घटेर २५२९.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२४ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ७७ हजार १५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।