आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको  आज असोज ६ गते बिहान साढे ७ बजे बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो। 

कम्पनीले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो।