काठमाडौं। साहस उर्जाको मिति २०८१ भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८% बोनस सेयर र ०=४२१% नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८=४२१% लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले १००% हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ । प्रस्तावित
लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण
गरिनेछ ।
कम्पनीले लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न
आगामी यहि कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
कम्पनीले आ व २०७७÷७८ देखि २०८०÷८१ को साधारण सभा आयोजना
गर्ने भएको हो। सभाहरु काठमाडौंको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११
बजेदेखि सुरु हुनेछ । कम्पनीले आगामी असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ
।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण र आर्थिक वर्ष २०८१र०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुनेछ।