
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(GMLIC)को आईपीओ खुलेको दोस्रो दिनमा नै १३.६९ गुणा बढी आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ १० लाख २७ हजार ७४३ जनाले माग गरेका छन्। सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको एक करोड ४० लाख ७४ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा एक अर्ब ४० करोड ७४ लाख ९९ हजार रूपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।