काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जेठ २२ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डको अनुमति माग गरेको हो। अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।