
काठमाडौं। लक्ष्मी सनराइज क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमित मागेको छ। कम्पनीले ‘एलएस होराइजन १२’ नामक म्युचुअल फन्ड योजना बिक्री गर्न बोर्डमा आवेदन दिएको हो।कम्पनीले प्रतिइकाइ १० रुपैयाँका दरले १२ करोड इकाइ बिक्री गर्नेछ।