
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ९६.०७ प्रतिशतले नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा शिवम् सिमेन्टले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको समान अवधिको २० करोड ४२ लाखको तुलनामा दोब्बरभन्दा बढी हो। कम्पनीले उत्पादन बिक्रीबाट ५ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको त्रैमासमा भने विद्युत बिक्रीसमेत गरेर कम्पनीको आम्दानी ५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
ब्याज खर्चमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष ४ करोड ४९ लाख रुपैयाँ ब्याज खर्च गर्ने कम्पनीको यस त्रैमासमा सो खर्च घटेर ७४ लाख ९७ हजारमा झरेको छ। साथै, कम्पनीले गरेका लगानीबाट फेयर भ्यालु गेन १ करोड १९ लाख रुपैयाँ पुगेको छ। वित्तीय अवस्थाको हिसाबले कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख तथा अन्य रिजर्भमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।
यस आधारमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) ९ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा कायम भएको छ।