लिबर्टी इनर्जी कम्पनीले निष्काशन गर्यो हकप्रद शेयरको बाँडफाँड

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पुस २१ गते आइतबार हकप्रद शेयरहरु बाँडफाँड गरिएको हो ।

कम्पनीले मङ्सिर १६ गतेदेखि  पुस ७ गतेसम्म  हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १०:०.५ को अनुपातमा  ७५ करोड रुपैयाँ बराबरको  ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिभित्र रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई प्रचलित कानुन बमोजिम शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।अब कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाममा ल्याउने छ ।