सिडिएससीको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका कम्पनीका प्रवक्ता सुरेश न्यौपाने नेपालीका अनुसार आज आइतबार बसेको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी हुन् । 

पन्दाक सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकी सञ्चालक समेत हुन् । आज बसेको सञ्चालक समितिले उक्त कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी कम्पनीको कार्यकारी प्रमुख भई काम  गर्न नियुक्त गरिएको  प्रवक्ता न्यौपानेले जानकारी दिए ।