नेपाल धितोपत्र बोर्डले बोर्डको वार्षिक नीति तथा सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
धितोपत्र बोर्डमा तत्कालिन अध्यक्ष डा. रेवत बहादुर कार्कीले नीति तथा कार्यक्रम ल्याउने प्रचलन सुरु गरेका थिए। उनको नेतृत्वमा आव २०७४/७५ मा बोर्डले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। त्यसपछिका सबै अध्यक्षले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परालाई निरन्तरता दिएका छन् ।