शेयर कारोबारी अग्रवाललाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । शेयर कारोबारमा संलग्न दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो।

अग्रवालमाथि आर्थिक अपराधसम्बन्धी विभिन्न उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। हाल उनलाई कार्यालयमा राखेर सोधपुछ भइरहेको छ।