पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच च्यासलमा भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा उक्त विषयमा छलफल भएको थियो। यही सिलसिलामा आज पार्टी नेतृत्वसँग औपचारिक रूपमा छलफल भएको हो।अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले घोषणा अघि पार्टीसँग कुनै परामर्श नगरेको बताएका छन्। शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश सदस्यले पूर्वराष्ट्रपतिले जस्तो गरिमामय पदमा रहीसकेकी व्यक्तिले सक्रिय राजनीतिमा फर्कनु उपयुक्त नहुने धारणा राखेका थिए।

यस विषयमा थप निर्णय गर्न एमाले केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्ने भएको छ।