यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेललाई सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षमा आर्थिक सुधार, पूर्वाधार विकास, सामाजिक सुरक्षाको विस्तार, सुशासन प्रवर्द्धन, वैदेशिक लगानीको प्रवाह तथा जनजीविकामा सुधारका लागि विविध कार्यक्रम समेटेको छ।

सरकारले आगामी वर्षलाई समावेशी विकास र आर्थिक सशक्तीकरणको आधार वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाइएको छ।