
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।
सरकारको डज विभागले एमसीसी अनुदान सहयोग बन्द हुने जनाएको हो ।
एमसीसी परियोजना बन्द हुने भएसँगै नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने भएको छ । एमसीसी परियोजना अन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम अघि बढाइएको थियो । तर, उक्त उक्त परियोजनाहरु अलपत्र हुने भएको छ ।
बुधबार बिहान बसेको सबै कर्मचारीहरुको बैठकमा डजले आगामी साता एमसीसीको सञ्चालक समितिमा यो प्रस्ताव पेस गर्ने तयारी रहेको जानकारी गराएका थिए । बैठकमा सहभागी एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा पोलिटिकोसँग भनेका छन्, ‘हामीलाई ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने जानकारी दिइएको छ ।’