सिटिजन्स बैंकद्वारा बार्षिकोत्सवको अवसरमा घरबारविहीनलाई भोजनको व्यवस्था तथा स्वास्थ्य शिविर संचालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं बार्षिक उत्सवको अवसरमा घरबारविहीनलाई भोजनको व्यवस्था तथा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले घरबारविहिन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिएका करिब १ हजार ९०० व्यक्तिहरुलाई गत चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो १८ औँ बार्षिक उत्सव बैशाख ७ गते मनाउदै छ । भोटुइन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीनहरूलाई बैंकले भोजन वितरण गरेको हो ।

साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र २ गतेदेखि बैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरहरूबाट करिब १ हजार ७०० जना बिरामीले लाभ प्राप्त गरेको बैंकले जनाएको छ ।