ठमेलमा 'टेस्ट अफ हेभेन' रेस्टुरेन्ट संचालनमा

काठमाडौं । काठमाडौंको पर्यटन केन्द्र ठमेलमा ‘टेस्ट अफ हेभेन’ रेस्टुरेन्ट संचालनमा आएको छ। स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई लक्षित गर्दै पूर्ण पारिवारिक वातावरणमा यो रेस्टुरेन्ट सुरु गरिएको हो। हिजो  शनिबार औपचारिक रुपमा संचालनमा पछी  बिदेशी तथा स्वदेशी पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त रेस्टुरेन्ट पकनाजोल स्थित सातघुम्ती नजिक रहेको छ 

रेस्टुरेन्टले नेपाली, चाइनिज, कन्टिनेन्टल तथा इन्डियन खानाका विभिन्न परिकारहरू प्रदान गर्नेछ। पाहुनाको रोजाइअनुसार मासुका उत्कृष्ट परिकारहरू, हाईजेनिक खाना, र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै, सुलभ मूल्यमा उत्कृष्ट खाना तथा पेय पदार्थ उपलब्ध गराउने उद्देश्यले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।

रेस्टुरेन्टका सञ्चालकका अनुसार यहाँ आउने पाहुनाहरूलाई स्वादिष्ट, स्वस्थकर, र पौष्टिक खाना उपलब्ध गराउन विशेष ध्यान दिइनेछ। उत्कृष्ट सेवा, स्वच्छ वातावरण, र स्वादिलो खानाका कारण ‘टेस्ट अफ हेभेन’ ठमेलका खानाप्रेमीहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ।